म तिमिलाई जिन्दगीभर कुरि बसौला

थाहा छ

तिम्रा सम्झनाका भित्ताहरुमा मेरो तस्विर छैन

थाहा छ तिमिलाई मेरो वास्ता छैन पिर छैन 

सबै थाहा भएर पनि मरिहत्ते गरिरहेछु

तिमिलाई बिर्सिएर बस्न सकेको पनि आखिर छैन 

समयको बेग सँगै तिम्रो आगनमा पुगे

दुर्भाग्य ,

न त तिम्रो आँखा मा पुगेँ न त तिम्रो मन मा पुगेँ

माया गरौ तिमिलाई गाह्रो,नगरी बसौं मलाई गाह्रो

कस्तो अवस्थामा पुगेँ,खै कस्तो उल्झनमा पुगेँ

ठिकै छ

तिम्रो घमण्ड को जितको लागि ,म हारि बसौला

तिमिसँग नबोलि बसौला,मन मारि बसौला

तिम्ले सोचे जस्तै कोहि मिलोस चाहे जस्तै प्रेम गरोस् 

तिम्रै खुशी हेरेर आफुलाई सम्हालि बसौला

सुन न

म हुनु र नहुनुले फरक पार्दैन भने

म नबोलिदिदा तिम्रो घमण्ड हार्दैन भने 

बाध्यता राखम्ला मनमा केही मजबुरी राखम्ला

रोकौला आफैलाई तिमी देखि दुरि राखमा

मायाको अभाव भयो भने फर्की आउनु सानी 

जिन्दगिभर म तिमिलाई कुरि राखम्ला

अपरिचित

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top