Tag: Aparichitpost

  • म तिमिलाई जिन्दगीभर कुरि राखौला

    थाहा छ

    तिम्रा सम्झनाका भित्ताहरुमा मेरो तस्विर छैन

    थाहा छ तिमिलाई मेरो वास्ता छैन पिर छैन 

    सबै थाहा भएर पनि मरिहत्ते गरिरहेछु

    तिमिलाई बिर्सिएर बस्न सकेको पनि आखिर छैन 

    समयको बेग सँगै तिम्रो आगनमा पुगे

    दुर्भाग्य ,

    न त तिम्रो आँखा मा पुगेँ न त तिम्रो मन मा पुगेँ

    माया गरौ तिमिलाई गाह्रो,नगरी बसौं मलाई गाह्रो

    कस्तो अवस्थामा पुगेँ,खै कस्तो उल्झनमा पुगेँ

    ठिकै छ

    तिम्रो घमण्ड को जितको लागि ,म हारि बसौला

    तिमिसँग नबोलि बसौला,मन मारि बसौला

    तिम्ले सोचे जस्तै कोहि मिलोस चाहे जस्तै प्रेम गरोस् 

    तिम्रै खुशी हेरेर आफुलाई सम्हालि बसौला

    सुन न

    म हुनु र नहुनुले फरक पार्दैन भने

    म नबोलिदिदा तिम्रो घमण्ड हार्दैन भने 

    बाध्यता राखम्ला मनमा केही मजबुरी राखम्ला

    रोकौला आफैलाई तिमी देखि दुरि राखमा

    मायाको अभाव भयो भने फर्की आउनु सानी 

    जिन्दगिभर म तिमिलाई कुरि राखम्ला🍀